काठमाडौं, ६ कात्तिक नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीभित्रको आन्तरिक विवादले शान्ति प्रक्रिया अन्योलमा परेको आरोप लगाएका छन् । प्राविधिक विद्यार्थी परिषद्ले आज थापाथली इन्जिनियरिङ क्याम्पसमा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रिया निष्कर्षमा नपुगे लोकतन्त्रसमेत सुनिश्चित नहुने दाबी गरे ।
उनले भने,ू राजनीतिक स्थायित्व कायम भएमात्रै मुलुकको समग्र विकास सम्भव छ । शान्ति प्रक्रिया टुंग्याएर लोकतान्त्रिक संविधान जारी गर्न माओवादीको चरित्र स्पष्ट हुन आवश्यक छ । ू उनले माओवादीलाई शान्ति प्रक्रियामा इमान्दार बन्न पनि आग्रह गरे ।