वीरगन्ज, ७ कात्तिक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले आफूलाई ुरअु को निर्देशनमा काम गरेको प्रमाणित गरेर देखाउन महासचिव रामबहादुर थापा ९बादल०लाई चुनौती दिएका छन् । बिहान बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले आफू भारतीय गुप्तचर एजेन्सी ुरअुको निर्देशनमा हिँडेको भन्ने आरोपमा कुनै तर्क नरहेको बताए ।
ूमैले ुरअु का लागि काम गरेरनगरेको निष्कर्ष निकाल्ने अधिकार नेपाली जनतामा छ,ू उनले भने ।
भारतसँग प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको बिपा सम्झौताबारे मंगलबार पार्टीको स्थायी समिति बैठकपछि आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी उनले दिए । बिपा सम्झौताबारे विस्तृत जानकारी आउन बाँकी रहेकोले बैठकमा जानकारी लिएर टुंगोमा पुगिने उनको भनाइ थियो ।
पार्टीभित्र भएको असन्तुष्टिलाई स्वाभाविक रूपमा लिँदै दाहालले पार्टी कुनै हालतमा नफुट्ने दोहोर्याए । पार्टीबाटै सरकारको विरोध हुन थालेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सरकारका काम(कारबाहीप्रति टिप्पणी आउनु स्वाभाविक भएको प्रतिक्रिया दिए ।
दाहाल आज बिहान पौने ११ बजे वीरगन्ज आइपुगेका हुन् । नेपाल सम्वत, तिहार, छठ र बकर ईद पर्वको अवसरमा माओवादीको भोजपुरा राज्य कमिटीले आयोजना गरेको सार्वजनिक चियापान समारोहमा सहभागी हुन उनी वीरगन्ज आएका हुन् । उनीसँग सचिव सीपी गजुरेल र स्थायी समिति सदस्य एवं मधेस ब्युरो इन्चार्ज गिरिराजमणि पोखरेल पनि छन् ।