काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको पक्षमा देखिएको छ । तर माओवादीभित्रकै कचिङ्गल सम्झौता लागू गर्न बाधक देखिने आशंका कांग्रेसको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. प्रकाशशरण महतले बिपा सामान्य सम्झौता मात्र भएको र यसमा जुवा खेलेँ भन्ने प्रधानमन्त्री डा. भट्टराईको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।



