बिप्पाको विरोध जडसुत्रबादी सोचको उपज भएको पशुपति समशेर राणाको आरोप

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले बिप्पाको विरोध जडसुत्रबादी सोचको उपज भएको आरोप लगाएका छन् ।

राजधानीमा बुधबार आयोजित देउसी भैलो कार्यक्रममा बौल्दै राणाले माओवादीले जडसुत्रबादी सोच छाडेर चिनले अपनाएको बाटोमा लाग्नु पर्ने सुझाव दिए ।

उनले बिप्पा सम्झौता राम्रो भएको भन्दै चिनले पनि विदेशी लगानी भित्राउन लिएको रणनीति अनुसार नै माओवादी पनि अगाडि बढ्नु पर्ने धारणा राखे । राणाले बिप्पा सम्झौता हुन साथै विदेशी लगानी नभित्रिने भन्दै कालान्तरमा यसले फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।

शान्ति र संविधान पूरा हुन नसकिरहेको बेला बिप्पाको कलह भित्राएर त्यसलाई प्रभावित पार्ने षडयन्त्र भएको भन्दै अहिले शान्ति र संविधानबाहेक कुनै पनि कुरामा लाग्न नहुने सुझाव दिए ।

शान्ति प्रक्रियामा धेरै कुरा मिलीसकेको भन्दै त्यसलाई सहमतिमा ढालेर अगाडि बढ्नु पर्ने अध्यक्ष राणाको सुझाव थियो ।