१३ कात्तिक, काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवाद चर्किएर गएका बेला एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आज एउटै मञ्चमा देखिँदैछन् ।
पार्टीको मिथिला(मधेस राज्य समितिले छठ पर्वका अवसरमा धनुषाको जनकपुरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नेताहरु राजधानीबाट त्यता जाँदैछन् । चियापानमा सहभागी हुन अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा। बाबुराम भट्टराई, अर्का उपाध्यक्ष मोहन बैद्य, महासचिव रामबहादुर थापा र स्थायी समिति सदस्य गिरिराजमणि पोखरेललगायतका नेता जनकपुर जान लागेका हुन् ।
सरकार गठनअघि मधेसी मोर्चासँग भएको चारबुँदे सहमति, भारतसँग भएको बिप्पा सम्झौता र हतियार राखिएको कन्टेनरको चाबी बुझाउने निर्णयको विरोधमा सडक र सदनमा विरोध गर्दै आएको छ । केही दिनअघि महासचिव रामबहादुर थापाले अध्यक्ष प्रचण्डमाथि सार्वजनिक रुपमै भारतीय गुप्तचर संस्था