
दलहरुबीच भएको सहमतिले लामोसमयदेखि अपुरो अवस्थामा रहेको शान्ति प्रकृया टुङ्गोमा पुर्याउने मात्र होइन विगत साँढे तीन बर्षदेखि जारी रहेको संविधान निर्माण प्रकृयालेसमेत गतिलिने अपेक्षा बढेको छ ।
शान्ति प्रकृयाको सबैभन्दा जटिल र महत्वपूर्ण रहेको माओवादी लडाकुको समायोजन सम्बन्धी प्रकृयामा दलहरुबीच सहमति जुटेको हो । दलहरुले यसलाई ऐतिहासिक सहमतिको संज्ञा दिइरहेका छन् ।
दलहरुबीच भएको सहमतिको पूर्णपाठ:
शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक दलहरुको सहमति
शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु



