वैद्यपक्ष नयाँ रणनीतिमा, १ बजे पत्रकार सम्मेलन

काठमाडौं, १६ कात्तिक गएराति दलहरुबीच भएको शान्ति प्रक्रियाका विषयमा भएको सातबुँदे सहमतिविरुद्ध एकीकृत नेकपा माओवादीको वैद्यपक्षले पार्टीभित्रै आन्तरिक संघर्ष चलाउने भएको छ । भोलि १७ गते पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्न आज आन्तरिक छलफल हुँदैछ । दिउसो १ बजे पत्रकार सम्मेलन गरि आधिकारीक धारणा तय गर्दैछ ।

गएराति दलहरुबीच सहमति बनेपछि बैठकबाटै बाहिरीएका वैद्यले सहमति माओवादीको पार्टी निर्णय विपरित भएको प्रतिक्रिया दिए ।ुयो सहमति हाम्रो पार्टीको निर्णय विपरित छ, भोली हामी विस्तृत रुपमा आफ्ना कुरा राख्ने छौुं उनले भने ।

सहमतिमा हस्ताक्षर गर्नु अघि वैद्यपक्षलाई सहमतिमा ल्याउनका लागि माओवादी अध्यक्ष पुषपकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई प्रयास गरेका थिए । उनी सहमत नभएपछि दाहालले सहमति पत्रमा हस्तक्षार गरेका हुन् ।

सहमति पत्रमा माओवादीका दाहाल, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन् । माओवादीमा वैद्य पक्षले भट्टराई प्रधानमन्त्री भएपछि लडाकुको हतियार राखेको चावीहरु बुझाएपछि नै अहसमति व्यक्त गर्दै आएको थियो । उनीहरुले लडाकुको सम्मानजनक सहमतिको माग गर्दै आएका छन् ।