काठमाडौं, १७ कात्तिक पार्टीभित्रका विवाद समाधान गर्न एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकमा सरकार गठन देखि दलहरुबीचको सात बुदे सहमति सम्म भएका विवादका विषयमा छलफल हुनेछ ।
पार्टी विपरित दलहरुसाग सम्झौता गरेको भन्दै उपाध्यक्ष मोहन वैद्य किरणले पक्षले छुट्टै प्रस्ताव लिने तयारी गरेको छ । यसअघि सबै विवाद केन्द्रीय समितिबाट टुंगो लगाउने सहमति बनेको थियो । माओवादी पोलिटब्युरो सदस्य हितमान शाक्यले पार्टीभित्रका विवादलाई एक ठाउँमा राखेर त्यसको समाधान खोजीने बताए । केन्द्रीय समितिको बैठक अघि त्यसको तयारी गर्न अहिले बिहान पार्टी पदाधिकारीको बैठक बोलाइएको छ । पार्टी कार्यालयमा बस्ने पदाधिकारी बैठकमा विपा सम्झौता र मंगलबार भएको सातबुँदे सहमतिपछि पार्टीभित्र सुरु भएको विवादका विषयमा छलफल हुनेछ । ११ बजे बोलाइएको पदाधिकारी बैठक केन्द्रीय समतिका एजेण्डा तय गरिनेछ ।



