कांग्रेसद्वारा सातबुँदे सहमतिको स्वागत

काठमाडौं, १७ कात्तिक प्रतिपक्षी कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मंगलबार राति दलहरुबीच भएको सातबुँदे सहमति सकारात्मक भएको भन्दै स्वागत गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सातबुँदे सहमति कार्यान्वयनमा जोड दिन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको सभासद् सीता गुरुङले बताइन् । 
 
ूशान्ति(प्रक्रिया र संविधान निर्माणका लागि सातबुँदे सहमति सकारात्मक छ, त्यसैले सहमति कार्यान्वयनमा सहमतिका हस्ताक्षरकर्ता इमान्दार हुन जरुरी छ,ू ओएनएससँग कुरा गर्दै उनले भनिन् ।
 
प्रमुख तीन दल माओवादी, कांग्रेस, एमालेसहित संयुक्त मधेसी मार्चाबीच मंगलबार राति सातबुँदे सहमति भएको थियो । सहमतिका हस्ताक्षरकर्ता दल र तिनका नेताहरुले यसलाई ऐतिहासिक भने पनि माओवादीभित्रको मोहन वैद्य समूहले ुआत्मसमर्पणवादु भन्दै खारेज गर्न माग गरेको छ ।