२१ कात्तिक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्य
दलहरुबीच भएको सातबुँदे सम्झौताले पनि मुलुकमा दिगो शान्ति कायम हुन नसक्ने
बताएका छन् ।
फोरम सप्तरीद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा यादवले सातबुँदे
सहमतिमा माओवादी सेनाबारे गरिएको निर्णय अपुरो रहेकाले भविष्यमा पनि
द्वन्द्वको सम्भावना कायमै रहेको बताए । ूसातबुँदे सम्झौतामा सुरक्षा
क्षेत्रलाई समावेशी बनाउने र समयसापेक्ष परिवर्तन गर्ने सवाललाई पनि
नजरअन्दाज गरिएको छ । त्यसले द्वन्द्वको सम्भावनालाई जीवित राखेको छ,ू उनले
भने ।
यादवले सम्झौता गर्ने मुख्य दलका नेताहरु नै इमान्दार नरहेकाले दलहरुबीच
पछिल्लोपटक भएको सम्झौता कार्यान्वयन हुनेमा आशंका रहेको बताए ।
वर्तमान सरकारले पनि शान्ति(प्रक्रिया र संविधान निर्माणको काम पूरा गर्न
नसक्ने दाबी गर्दै उनले राष्ट्रिय सहमतिको सरकारबिना शान्ति र संविधानको
काम पूरा हुन नसक्ने उल्लेख गरे ।



