संविधान निर्माण र चुनावी सरकारको नेतृत्व कांग्रेसलाईः निधि

कार्तिक २२ कांग्रेस नेता विमलेन्द्र निधिले शान्ति प्रक्रियाको पूर्णतासम्म सरकारको नेतृत्व माओवादीले लिने र संविधान निर्माणदेखि चुनाव गराउनेसम्म कंग्रेसले पाउनुपर्ने धारणा राखेका छन् ।

७ बुंदे सहमतिपछि शान्ति प्रक्रिया अघि बढ्ने विश्वास जागेको टिप्पणी गर्दै उनले भने, ु७ बुंदेको इमान्दरीपूर्ण पालनामा भावी राजनीतिक कार्यदिशा निर्भर रहनेछ ।ु उक्त सम्झौता कार्यान्वयन भए मंसीर १४ पछि संविधानसभाको म्याद बढाउन आफूहरु तयार रहेको उनले बताए ।

ुदलहरुबीच सहमति गरेर संविधान लेख्न आवश्यक समयावधि थप गर्न कंग्रेस लचिलो छु एक अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रममा भाग लिन नयाँदिल्ली आएका निधिले भने । संघीयतासम्बन्धी अन्तर्राष्टिय गैरसरकारी संस्था फोरम अफ फेडेरेशन्स्ले शनिवार यहां आयोजना गरेको छलफल कार्यक्रममा भाग लिन निधि संसद महासचिव मनोहर भट्टराई र राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुंगेलसहित नयाँ दिल्ली आएका हुन् ।

इण्डो नेपाल डायलग अन फेडेरालिज्म विषयक छलफल कार्यक्रममा निधिसहितका नेपाली प्रतिनिधिले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण तथा राज्य पुर्नसंरचनाको स्थितिबारे मन्तव्य राखेका थिए ।