प्रधानमन्त्री भट्टराईद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २२ कात्तिक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उपाध्यक्ष मोहन वैद्यपक्ष सरकारमा सहभागी हुने सम्भावाना समाप्त भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा राष्ट्रपति डा। रामवरण यादवको उपस्थितिमा आफ्नै पार्टीका ६ र साना दलको तर्फबाट एक जनालाई प्रधानमन्त्री भट्टराईले शपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा  माओवादीका तर्फबाट शिक्षामन्त्रीमा स्थायी समिति सदस्य एवम् पार्टी प्रवक्ता दीनानाथ शर्मा, पर्यटनमन्त्रीमा लोकेन्द्र विष्ट, भूमिसुधारमा भीमप्रसाद गौतम, शान्ति तथा पुनर्निमार्णमा सत्या पहाडी, सामान्य प्रशासनमा रामकुमार यादव र विज्ञान तथा प्रविधिमा कल्पना धमलाले शपथ लिएका छन् ।  
 
यस्तै साना दलको तर्फबाट सद्भावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले श्रम मन्त्रीमा शपथ लिएकी छिन् ।