लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन सघाउँछुः मुन

२३ कात्तिक, न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रुपमा विकास गर्न आफूले सहयोग गर्ने वचन दिनुभएको छ ।

लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने सिलसिलामा हाल अमेरिकामा रहनुभएका एकीकृत नेकमा माओवादीका अध्यक्ष प्रचण्डसँगको भेटका अवसरमा महासचिव मुनले त्यस्तो बताउनुभएको हो । मुन र प्रचण्डबीच न्यूर्योमा आज बिहान भेटवार्ता भएको भ्रमण टोलीमा सहभागी उहाँका पुत्र प्रकाश दाहालले जानकारी दिनुभयो । भेटमा प्रचण्डले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय कमिटीको नेतृत्व लिन गरेको आग्रहलाई सकारात्मक रुपमा लिँदै महाासचिव मुनले आफू त्यसका लागि तयार रहेको बताएको प्रकाशले जानकारी दिनुभयो । सरकारद्वारा गठित लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकसहेत रहनुभएका प्रचण्ड लुम्बिनीको विकासका लागि आर्थिक र प्राविधिक सयोगका लागि अन्तर्राष्ट्रिय जगगतको समर्थन जुटाउन शनिबार न्यूयोर्क प्रस्थान गर्नुभएको थियो ।

भेटमा प्रचडले प्रमुख दलहरुबीच हालै भएको सातबुँदे सहमतिपछि विकसित राजनीतिक घटनाक्रम र शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगतिका बारेमा समेत मासचिव मुनलाई जानकारी गराउनुभएको बताइएको छ । त्यस अवसरमा दलहरुबीच भएको सहमतिको प्रसंशा गर्दै मुनले अवरुद्ध शान्ति र संविधान निर्माणको कामले गति लिनेमा आफू आशावादी रहेको बताउनुभयो थियो । साथै उहाँले नेपालको शान्तिप्रक्रियामा जस्तोसुकै सगोय गर्न राष्ट्रसंघ तयार रहेको प्रतिबद्धतासमेत जनाउनुभएको प्रकाशले बताउनुभयो । प्रचण्डले यसअघि लुम्बिनीको विकासका विषयमा एक जापानी संस्थाका प्रतिनिधिसँग भेटेर सहयोगको आग्रह गर्नुभएको थियो । प्रचण्डको टोलीमा काँग्रेस नेता डा। मीनेन्द्र रिजाल, मनोजबहादुर श्रेष्ठ, प्रचण्डका स्वकीय सचिवद्वय समीर दाहाल र प्रकाश दाहाल सहभागी छन् ।