आममाफीबारे राष्ट्रपतिले तत्काल निर्णय नलिने

काठमाडौं, २६ कात्तिक राष्ट्रपति डा। रामवरण यादवले माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफीका लागि सरकारले गरेको सिफारिसबारे तत्काल निर्णय नलिने भएका छन् । नेपाल र अन्तराष्ट्रिय कानुनको अनुभव र प्रधानमन्त्री सहितको छलफलपछि मात्रै निर्णयमा पुग्ने निस्कर्षमा पुगेका छन् । राष्ट्रपतिका कानुनी सल्लाहकार सुर्य ढुंगेलले संविधानको परिधिभित्र रहेर राष्ट्रपतिले निर्णय गर्ने बताएका छन् ।

ढुंगेललाई राष्ट्रपतिले आममाफी दिने विषयबारे ओएनएससँग बिशेष कुराकानी गर्दै उनले भने ूराष्ट्रपतिले सरकारको सिफारिस संविधान अनुसार छ कि छैन हेर्नुहुन्छ, र थप छलफल गरी निर्णय गर्नुहुन्छ ।ू

उनले ढुंगेलको मुद्धा जनचासोको विषय, अदालतसँग सम्बन्धित, मानवअधिकारकर्मी तथा संसदमा पनि उक्त विषयबारे प्रश्न उठेकाले सबैतर्फाट विचार गरेर मात्रै राष्ट्रपतिले निरु्णय गर्ने बताए । ूसंसदमा यसबारे सरकारसँग जवाफ मागेको अवस्थामा जवाफ आउनुभन्दा पहिले राष्ट्रपतिले निर्णय गर्नु उचित हुदैनू उनले भने । तत्कालै राष्ट्रपतिले के गर्नुहुन्छ भन्नेबारे निर्णय नभइसकेको उनले जानकारी दिए ।

संविधानको धारा १ सय ५१ मा कुनै पनि अपराधीलाई मन्त्रीपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले सजाए कम गर्ने तथा आममाफी दिन सक्ने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि यो चलन रहेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाए सुनाएको थियो । यसविषयबारे माओवादी बाहेकका दलहरुले विरोध गर्दै आएका छन् । त्यस्तै माओवादीले भने त्यसको बचाउ गर्दै आएको छ ।