कुन मन्त्रीको सम्पत्ति कति ?

काठमाडौं, २८ कात्तिक विभिन्न मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छ । विवरणअनुसार उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँग सुनसरीको भलुवा(८ मा २ कठ्ठा ७ धुरमा निर्मित दुईकोठे टिनको छाना भएको घर र चार कोठाको भुईंतले पक्की घर तथा श्रीमती निर्मला गच्छदारको नाउँमा मोरङको विराटनगर(१५ मा १७।२ धुरमा पाँच कोठाको पक्की घर निर्माणाधीन अवस्थामा छ ।
सुनसरीको भलुवा(८ मा २ कठ्ठा ७ धुर जग्गा, भलुवा, सिमरिया, तनमुना गाविसमा सगोलमा ७ बिघा १४ कठ्ठा ६ धुर पुख्र्यौली जग्गा छ । त्यसैगरी श्रीमती निर्मलाको नाउँमा मोरङ विराटनगर( १५ मा १७।२ धुर जग्गा र विराटनगर(७ मा ७ धुर जग्गा तथा छोरा सुभाष गच्छदारले अमेरिकामा कमाएको २० लाखबाट ललितपुरको बुङ्मती(७ मा १३ आना जग्गा छ ।
त्यस्तै, पुख्र्यौली, दाइजो तथा स्वआर्जनबाट ९१ तोला सुन, ३०० तोला चाँदी सञ्चित छ । ट्रक व्यवसाय एवम् बिक्री, कृषि, टोयटा गाडीको भाडा, तलबभत्ता आम्दानीबाट सिन्सियर सेभिङ कोअपरेटिभमा २ लाख ७७ हजार र राष्ट्रिय वाणिज्य बैंक भोटाहिटीमा ८ लाख १७ हजार रुपैयाँ छ ।
त्यस्तै, श्रीमती निर्मलाको नाउँमा रावा बैंक विराटनगरमा ७१ हजार, नेपाल बंगलादेश बैंकमा १ लाख ९६ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकमा ४ लाख ७९ हजार तथा सिन्सियर सेभिङ कोअपरेटिभमा १ लाख ५६ हजार रहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।
निर्मलाको नाउँमा माछापुच्छ्रे बंैकमा १०० कित्ता र एनएसएलएमडीमा ७० कित्ता सेयर छ । छोरा सुमन र सुभाषको नाउँमा विराट इन्प्रmास्ट्रक्चर डेभलपमेन्ट कम्पनी दर्ता गरी परामर्शदातृको काम गरेको तथा सुभाषको नाउँमा विराट इनर्जी कम्पनी दर्ता छ ।
हाल मन्त्री गच्छदारको नाउँमा बा६प ६०८० नम्बरको सवारी, र बा२प ९६५६ नम्बरको सांसद सुविधाबाट खरिद गरेको सवारी छ भने पुरानो टिभी, भीसीडी, भिडियो क्यामरा, अडियो, एक राइफल र एक बाह्रबोर बन्दुक पनि रहेको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुन
इर्खाराम पुनमगर ९बाबु०को नाउँमा रोल्पा जंकोट(१ मा सगोलमा रहेका तीनवटा घर, तीर्थमाली ९आमा० पुनको नाउँमा सगोलको दाङ हरिद्वार गाविस(६ मा २ लाख तीन हजारमा किनेको ६७४।२३ वर्गमिटर जग्गा तथा इर्खाराम र तीर्थमालीको नाउँमा रहेको सगोलको ७५ हजार ४२५ वर्गमिटर जग्गा छ ।
सगोलको पुख्र्यौली १५ तोला सुन, आधा किलो चाँदी र नगद, जग्गा बिक्रीबाट प्राप्त ७ लाख रुपैयाँ बुबाआमासँग छ । मन्त्री पुनको एभरेस्ट बैंकमा ४० हजार र श्रीमती ओनसरी घर्तीको नाउँमा सोही बैंकमा ३५ हजार तलबबाट प्राप्त सञ्चित रकम छ ।
उनलाई पार्टीले दिएको एक हलुका सवारीसाधन र आफैंले पारिश्रमिकबाट २ लाखमा खरिद गरेको मोटरसाइकल छ ।
मन्त्री पुनको घरमा दुईवटा भैंसी र चारवटा गोरु छन् । यसैगरी उनीसँग एउटा डेस्कटप कम्प्युटर, एउटा ल्यापटप, पार्टीबाट प्राप्त एउटा ल्यापटप र उपहार पाएको एउटा नोटबुक रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
स्वास्थ्यमन्त्री राजेन्द्र महतो
महतोको शैलकुमारी देवीको नाउँमा काठमाडौं महानगरपालिका(९ मा पाँच आना र सर्लाही विष्णुपुर(६ मा एक कठ्ठा १८ धुर जग्गामा घर छ । सर्लाही ववरगन्ज गाविसमा चार बिघा १२ धुर र बेला गाविसमा १४ कठ्ठा जग्गा छ । शैलकुमारी देवीको नाउँमा धनुषा, वेगासिपुर गाविसमा एक बिघा १३ कठ्ठा १८ धुर र काठमाडौं मच्छेगाउँमा एक रोपनी ६ आना २ पैसा जग्गा र राघवेन्द्र महतोको नाउँमा काठमाडौं बाडभञ्याङ गाविसमा दुई रोपनी नौ आना जग्गा छ ।
मन्त्री महतोको ९५ तोला सुन, ३ किलो चाँदी र एभरेस्ट बैंकमा ४ लाख ३ हजार, नेपाल बैंक मलंगवामा २ लाख ५८ हजार रुपैयाँ जम्मा छ । त्यसैगरी शैलकुमारी देवीको नाउँमा कृषि विकास बैंक गौशालामा ७४ हजार रुपैयाँ छ । उनीसँग एउटा बोलेरो जिप, पाँचवटा भैंसी र तीनवटा गाई छन् ।
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सम्पत्ति विवरणमा निर्मला भट्टको नाउँमा कैलाली जिल्ला गेटा गाविस(३ मा दुईवटा पक्की घर तथा दुई बिघा पैतृक जग्गा छ । त्यसैगरी उनीसँग पार्टीबाट प्राप्त महिन्द्रा स्करपियो बा००१अ२१ नम्बरको जिप छ ।
वातावरणमन्त्री हेमराज तातेड
वातावरणमन्त्री हेमराज तातेडको धर्मचन्द तातेडको नाउँमा सप्तरीमा १२ कठ्ठा पैतृक जग्गा, सप्तरीको जगतपुर(२ र ६ मा दुई बिघा चार कठ्ठा ५ धुर पैतृक र पत्नी जयश्री तातेडको नाउँमा सप्तरीमा एक बिघा १० कठ्ठा छ ।
मन्त्री तातेडको पैतृक तथा दाइजोबाट प्राप्त सुन १२ तोला, चाँदी २५० तोला रहेको तथा एभरेस्ट बैंकमा २ हजार, एसबीआई बैंकमा २ हजार, सनराइज बैंक राजविराजमा ११ हजार तथा नेपाल बैंकमा ११ हजार नगद छ । उनीसँग कृषि विकास बैंकको ८५ कित्ता सेयर छ ।
सप्तरीको कञ्चनपुर गाविसमा सगोलको तातेड राइस, आयल एन्ड फ्लोर मिल पनि छ ।