तीन दलको शीर्ष बैठक शान्ति मन्त्रालयमा जारी

३० कात्तिक, काठमाडौँ । सातबुँदे सहमति कार्यन्वयनको समीक्षा र पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ ।
सिहदरबारस्थित शान्ति तथा पुनर्निमाण मन्त्रालयमा जारी बैठकमा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता सहभागी छन् । बैठकमा अन्तरिम संविधानमा उल्लेख भएका सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता खोजबिन आयोग गठनका विषयमा छलफल हुनेछ । दुवै आयोग गठनसम्बन्धी विधेयक हाल व्यवस्थापिका संसदमा विचाराधीन छन् । यस्तै सतबुँदे समतिअनुसार राज्यपुनसर्ंरचना आयोगको सट्टामा गठन गर्ने भनिएको विज्ञ समूहको नेतृत्व, त्यसमा रहने सदस्य र क्षेत्राधिकार त्यसको नेतृत्वका विषयमा पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।
 दलहरुबीच आयोगको साटो विज्ञ समूह गठन गर्ने विषयमा सहमति भए अनुसार आज अन्तरिम संविधानको ११ औँ संशोन हुने भए पनि त्यसमा रहने सदस्य र नेतृत्वका बारेमा भने विवाद छ ।