विराटनगर, मंसिर १ उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले संविधान सभाको म्याद अन्तिम पटक ६ महिनालाई थप गर्नु पर्ने बताएका छन् । शान्ति प्रक्रिया संगसंगै संविधान निर्माण गर्न पनि समय चाहिने भएकाले अन्तिम पटक म्याद थपगर्नु पर्ने तर्क उनको रहेको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले संविधान सभाको अस्तित्व शान्ति प्रक्रिया र संविधान लेखन नटुंगुञ्जेल सम्म रहनु पर्ने विचार व्यक्त गरे । इटहरीमा बिहीबारदेखि सुरु हुने पूर्वाञ्चल महोत्सवको उद्घाटनका लागि आएका गच्छदारले विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अदालतले अन्तिम पटक म्याद थप गर्न गरेको फैसला बारे भने