अहिलेको सरकार कामचलाउ मात्र:प्रदीप ज्ञवाली

रुकुम, १ मंसिर नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले बाबुराम भटराइ नेतृत्वको सरकार कामचलाउ मात्र भएको बताएका छन् । प्रधानमन्त्रीको उपस्थितिमा सातबुँदे सहमति गर्दा नै सरकार काम चलाउ भइसकेको प्रष्ट भएको बताउँदै नेता ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार निमार्णका लागि मधेशवादी दलसँगको सम्झौता खारेज हुनुपर्ने आवश्यकता औंल्याए ।
नेकपा एमाले रुकुमको जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक उद्घाटन गर्दै एमाले नेता ज्ञवालीले सो कुरा बताएका हुन् । 
 
यस्तै बिहीबार बिहान प्रेस चौतारी रुकुमले गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सातबुँदे सहमति कार्यान्वयनको मुख्य चुनौती माओवादी भित्रको आन्तरिक कलह भएको बताएका छन् । माओवादीको वैद्यपक्षले कब्जा गरिएका घरजग्गा फिर्ता नगर्ने भनी सार्वजनिक गर्नुले सहमति कार्यान्वयनमा चुनौती थपेको नेता ज्ञवालीको भनाई छ । 
 
जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर आउँदो बैशाख जेठ भित्र नयाँ संविधान जारी गर्न आफूहरु लागि परेको ज्ञवालीले जानकारी दिए । पछिल्लो समयमा सरकारका काम कारबाहीले सहमति कार्यान्वयमा केही आशंका पैदा गरेको टिप्पणी उनले व्यक्त गरे । प्रधानमन्त्री भटराईले मुस्ताङ चढेर सस्तो लोकप्रियता लिन खोज्दै जम्बो मन्त्रिमण्डल बनाएर नेपालकै बेइजत गरेको बताउँदै प्रधानमन्त्री भटराई इतिहासकै उपहासको पात्र भएको आरोप लगाए । बालकृष्ण ढुंगेलजस्ता अपराधीलाई आममाफी दिने निर्णय गरेर दण्डहिनतालाई बढावा दिनका लागि प्रधानमन्त्री भटराई नेतृत्वको सरकार अग्रसर भएको उनले बताए । ज्ञवालीले भने ूसत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेर कुन मुद्दा माफ गर्न लायक छ र कुन मुद्दा माफ गर्न लायक छैन, त्यता ध्यान नदिएर प्रधानमन्त्रीले आ आफ्ना मान्छेको मुद्दा फिर्ता गर्दै छन्, यो डण्डहिनतालाई बढावा दिने बाहेक अरु केही होइन ।ू नयाँ बन्ने सरकारका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले अहिले एमाले सरकार भन्दा पनि शान्ति प्रक्रिया टुंग्याउने विषयमा लागेकोले त्यता ध्यान नदिएको बताए । यद्यपी सरकारका लागि अब कांग्रेसले दावी गर्नु उपयुक्त भएकोले त्यसका लागि दलहरुबिचको सहमति आवश्यक रहेको बताए ।
 
सेना समायोजनमा माओवादी वैद्यपक्षले जति जे गरेपनि माओवादी लडाकुका कमान्डरहरुले दलहरुको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता आएकोले सेना समायोजन भएछारै ड्ने दावी गरे ।