काठमाडौं, २ मंसिर मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दस सचिवको सरुवा गरेको छ । बैठकले कृषि सचिव उमाकान्त झालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ भने उद्योग मन्त्रालयका सचिव शंकर कोइरालालाई निर्वाचन आयोगमा सरुवा गरेको छ ।
उता, निर्वाचन आयोगका सचिव किशोर थापालाई शिक्षा मन्त्रालयमा र शिक्षा मन्त्रालयका सचिव शंकर प्रसाद पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । यस्तै सूचना अयोगका सचिव नाथु चौधरीलाई कृषि मन्त्रालयमा, सूदूरपश्चिम प्रशासक विश्व प्रकाश पण्डितलाई जल तथा उर्जा आयोगमा, स्थानीय विकास मन्त्रालयका सचिव सुशील घिमिरेलाई महालेखा नियन्त्रकको कार्यालयमा, जल तथा उर्जा आयोगका सचिव शीतलबाबु रेग्मीलाई स्थानीय विकास, संस्कृति मन्त्रालयका प्रमोद कार्कीलाई कानुन सुधार आयोगमा र मध्यपश्चिमका क्षेत्रीय प्रशाशक सुरेशमान श्रेष्ठलाई सूचना आयोगमा सरुवा गर्न निर्ण गरेको छ । बैठकले नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा डा। जीवनाथ ढकाल, नागरिक लगानी कोषको अध्यक्षमा उपेन्द्र शर्मा, ग्रामीण विकास कम्पनी सर्चालक समितीको अध्यक्षमा विनय कुमार कर्णलाई नियुक्त गरेको बैठकपछि भौतिक तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले संचारकर्मीलाई जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले संसदीय सुनुवाई समितिले अनुमोदन गरिसकेको हरिकुमार श्रेष्ठलाई बंगलादेशका लागि नेपाली राजदूतमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्न निर्णय गरेको छ ।