७ मंसिर, काठमाण्डौ । माओवादी नेतृ एवं प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले आफ्नी दिदी तिमिला यमीलाई काठमाण्डौं खानेपानी लिमिटेड ९केयुकेएल०को अध्यक्ष बनाउन दबाब दिएकी छिन् ।
२०६४ सालमा आफैं भौतिक योजना तथा निर्माण मन्त्री हुँदा हिसिलाले दिदी तिमिलालाई संचालक समिति सदस्य मनोनयन गरेकी थिइन् । त्यसयता उनी लागतार संचालक समितिमा छिन् । केही समयदेखि अध्यक्ष पद रिक्त रहेको केयुकेएलमा तिमिलालाई संचालक समिति अध्यक्ष बनाउन दबाब आइरहेको नागरिक दैनिकले छापेको छ ।
केयुकेएलमा रहेको संरचनाअनुसार ७ जना संचालक समिति हुन्छन, जसमा ३०(३० प्रतिशत काठमाण्डौं महानगरपालिका र नेपाल सरकार, ललितपुर उपमहानागरको १० प्रतिशत, मध्यपुर ठिमी र किर्तिपुरको ५(५ प्रतिशत सेयर रहन्छ । सात संचालकमध्ये तिमिलासहित अधिकांशले आफु अध्यक्ष बन्न पाउनुपर्ने दावी गरेका छन् ।
अध्यक्ष बन्न सातमध्ये ५ जनाको समर्थन चाहिन्छ । तर कुनैपनि संचालकले तिमिलालाई समर्थन नगरेपछि हिसिलाले नगरपालिकाका तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्य नै फेर्न दबाब दिन थालेको बताइन्छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सेयर संरचना अनुसार महानगरपालिकाकै प्रतिनिधिले अध्यक्ष पाउनुपर्ने भएपनि माथिबाटै तिमिलाका लागि दबाब आएको बताउँछन्



