काठमाडौं, ८ मंसिर संविधानसभाको म्याद ६ महिना थप्नका लागि व्यवस्थापिका संसदमा आजदेखि संविधान संशोधन प्रक्रिया सुरु हुँदैछ । संविधानसभाको कार्यकाल ६ महिना थपगर्ने प्रावधान सहितको अन्तरिम संविधान ११ औ संविधान सरकारले आज संसदमा टेवल गर्दैछ ।
संविधानसभा भवन नयााबानेश्वरमा बिहान ११ बजे बस्ने संसदको बैठकमा कानुनमन्त्री बृजेशकुमार गुप्ताले विधेयक टेबल गर्ने कार्यसूची तय गरिएको छ ।
दलहरुबीच नियमित प्रक्रियाबाट मंसिर ११ गते संविधान संशोधन विधेयक पारित गर्ने अनौपचारिक सहमति भएको बुझिएको छ । आजको बैठकमा विधेयक पेश गर्ने, भोलिको बैठकमा विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने र ११ गते पारित गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।
विधेयकको बारेमा मतदानको सम्भावना हुनसक्ने भन्दै अधिकांश दलले आजदेखि १४ गते सम्मको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सभासदलाई ह्यीपव जारी गरेका छन् । विधेयकको बारेमा विचार गरियोस भन्ने प्रस्ताव पनि आजैको बैठकमा पेशगर्ने संभावना रहेको फोरम गणतान्त्रिकका प्रमुख सचेतक चन्द्रिकाप्रसाद यादवले जानकारी दिए ।