ढुंगेललाई पक्राउ गर्ने अधिकार छैनस् नेपाल प्रहरी

काठमाडौं, ८ मंसिर  हत्या अभियोगमा दोषी ठहर्‍याई सर्वोच्च अदालतले सर्वस्वसहित आजीवन काराबास सजाय सुनाएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने अधिकार आफूसँग नरहेको नेपाल प्रहरीले जनाएको छ ।
सरकारले उनलाई आममाफी दिन राष्ट्रपतिसमक्ष गरेको सिफारिस कार्यान्वयन नभइसकेको अवस्थामा हस्तक्षेप गर्न नमिल्ने प्रहरीले बताएको छ ।
सरकारको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चले बुधबारमात्र अन्तरिम आदेश जारी गरेको थियो ।
ूअदालतले आदेश नदिँदासम्म हामीले ढुंगेललाई पक्राउ गर्न मिल्दैन,ू प्रहरी प्रवक्ता डीआईजी विनोद सिंलाई उद्धृत गर्दै नेपालन्युजले लेखेको छ, ूहामी सरकारको नीति र प्रक्रियाबाट चल्ने हो, यस्ता मुद्दामा अधिकारबिना अघि बढ्न मिल्दैन ।ू
केही मिडियाले बिहीबार नै उनलाई उद्धृत गर्दै प्रहरीले ढुंगेललाई पक्राउ गर्ने भन्दै समाचार लेखेका छन् । ूअपराधका घटनाबारे मासिक प्रतिवेदन सार्वजनक गर्न बोलाइएको पत्रकार सम्मेलनमा ढुंगेलको विषमा बोलेको हुँ तर पक्राउ गर्ने उल्लेख गरेको होइन,ू उनले भने ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा ढुंगेलको संलग्नता प्रमाणित गर्दै अदालतले काराबास सजाय सुनाए पनि उनी खुल्लमखुल्ला हिडिरहेका छन् ।