मुम्बई, मङ्सिर ९ भारतीय क्रिकेटका हिरो सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सयौं शतक बनाउनबाट ६ रनले चुकेका छन्। वेस्टइन्डिजविरुद्धको खेलमा ९४ रन बनाउँदै रवि रामपौलको बलमा क्याचआउट हुँदा उनको शतकीय शतक हेर्न बसेका दर्शकहरु स्तव्ध हुन पुगेका थिए।
उनको टेस्ट म्याचमा ५१ शतक पूरा गरेका छन्। उनको खातामा ४८ एक दिवशीय शतकसमेत छ।
तेन्दुलकरले यही वर्ष क्रिकेटको विश्वकपमा दुई खेलमा शतक रन जोडेर ९९ शतक पुर्याएका थिए। इङ्ल्यान्डसँगको टेस्ट म्याचमा ९१ रन जोडेर शतकभन्दा ९ रन अघि नै मैदान बाहिर भएका तेन्दुलकरले आफ्नै खेल जीवनको महत्वपूर्ण मैदानमा यो जीत हासिल गर्ने अपेक्षा गरिएको थियो। विगत १३ वर्षयता तेन्दुलकरले यो मैदानमा एउटै पनि शतक जोड्न सकेका छैनन्।
गत साता मात्रै तेन्दुलकरले खेल जीवनको २२ वर्ष पार गरेका हुन्। मुम्बई क्रिकेट एसोसिएसनले यदी यो खेलमा तेन्दुलकरले १०० शतक पूरा गर्छन् भने उनलाई १०० सुनका सिक्का दिने घोषणा गरेको थियो।