काठमाडौं, ११ मंसिर नवगठित राज्यपुनर्संरचना आयोगको पहिलो बैठक आज बस्दैछ । ललितपुरको नेपाल प्रशासनिक प्रतिष्ठान स्टाफ कलेजमा कार्यालय स्थापना गरी बैठक बस्ने तयारी भइरहेको आयोगका सदस्य मल्ल के सुन्दरले जानकारी दिए ।
अध्यक्ष बिना नै गठन भएको आयोगको पहिलो बैठकको अध्यक्षता भने नेपाली वर्णानुक्रम अनुसार आयोगका सदस्य कृष्ण हाछेथुले गर्ने पनि मल्लले बताए । आयोगको पहिलो बैठक भएकाले कसरी अघि बढ्ने र कार्यविधि के कस्तो हुने भन्ने विषयमा छलफल हुने पनि उनले जानकारी दिए । बैठकको संयोजन र आवश्यक व्यवस्थापन भने संस्कृति तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले गर्नेछन् ।