समायोजन संख्या नाघेर समस्या

तालबन्द (कैलाली), मंसिर ११ करिब एक तिहाइ लडाकुको वर्गीकरण बाँकी छँदै समायोजन रोज्नेको संख्याले कोटा ९६५ सय० नाघेको छ ।  यसले दलहरू र लडाकुका नेता कसरी मिलाउने भन्ने समस्यामा परेका छन् । ुदस हजारभन्दा बढी पुग्ने देखियो, यसलाई राजनीतिक तहमा नयाँ समझदारी गरी मिलाउनुपर्छ,ु माओवादी केन्द्रीय सदस्यसमेत रहेका सातौं डिभिजन कमान्डर सन्तु दराईले भने । लामो समय अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाको नेतृत्व गरेका दराईले पनि समायोजनै रोज्ने भएका छन् ।
माओवादी उच्च स्रोतअनुसार राजनीतिक सहमतिमा महानिर्देशनालयको उपप्रमुख ९सहायकरथी० सम्म पाए दराईको नेतृत्वमा लडाकुहरू समायोजित हुनेछन् । अन्यथा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका प्रमुख यामबहादुर अधिकारीको नेतृत्वमा ६५ सय लडाकु सेनामा पठाइनेछ ।
ुकि सन्तुजी कि यामबहादुरजीले समायोजनमा जाने साथीहरूको नेतृत्व गर्नुहुनेछ,ु माओवादी पोलिटब्युरो र विशेष समिति मातहतको सचिवालय सदस्यसमेत
रहेका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले भने । सचिवालय संयोजक बालानन्द शर्माले आठौं दिनको वर्गीकरणसम्ममा समायोजनमा जान चाहनेको संख्या ६५ सय नाघेको जनाउँदै यो विषय राजनीतिक (विशेष समिति० तहमा टुंग्याउनुपर्ने बताए ।
ुधेरै लडाकुले समायोजन रोज्दा योग्य, सक्षम छान्न सहयोगै पुग्छ, यसलाई सकारात्मक मान्नुपर्छ तर ६५ सयभन्दा बढी समायोजन गर्न सकिँदैन,ु कांग्रेसबाट समिति सदस्य मिनेन्द्र रिजालले भने । एमालेतर्फका सदस्य भीम रावलले पनि सातबुँदे सहमतिअनुसार ६५ सय लडाकुमात्रै समायोजन हुने बताए ।
पुनःस्थापनामा बल्ल दुई जना
सिन्धुली ९कास०( दुई तिहाइभन्दा बढी माओवादी लडाकुको वर्गीकरण सकिसक्दा पहिलोपल्ट शनिबार बल्ल दुई जनाले पुनःस्थापना प्याकेज रोजेका छन् ।
दुधौलीस्थित दोस्रो डिभिजनका कृष्णकुमार राई र निर्मल राईले वर्गीकरणका क्रममा पुनःस्थापना प्याकेजमा जाने गरी फाराम दर्ता गराएको डिभिजन कमान्डर सुकबहादुर रोकायले कान्तिपुरलाई बताए । रोकायका अनुसार दुवैले प्राविधिक सीप सिकेर पेसा व्यवसाय गर्ने र आफ्नै उद्योगधन्दा चलाउने उद्देश्यले पुनःस्थापना प्याकेज रोजेको बताएका छन् ।
अघिल्लो शनिबारबाट सुरु भएको वर्गीकरणको आठौं दिनसम्ममा वर्गीकरण भएका १३ हजार ६५ लडाकुमध्ये ७ हजार ४ सय २५ ले समायोजनमा जाने इच्छा देखाएका छन् भने ५ हजार ६ सय ३८ ले स्वैच्छिक अवकाश रोजेका छन् ।