काठमाडौं, १३ मंसिर संविधानसभाको म्याद ६ महिना थप गर्ने सहमति भएको छ । शीर्ष तीन दल र मधेसी मोर्चाको मंगलबार बिहान सिंहदरबारस्थित शान्ति तथा पुनः निर्माण मन्त्रालयमा बसेको बैठकमा ६ महिना समय थप गर्ने सहमति भएको हो ।
आज दिउँसो बस्ने संसद बैठकबाट संविधान संशोधन गरी म्याद थप गरिने छ । बैठकमा एक महिना अघि राजनीतिक दलहरुबीच भएको सातबुँदे सह
मतिबारेमा पनि छलफल भएको थियो । बैठकपछि बोल्दै एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटीले सर्वोच्च अदालतको फैसलाअनुसार काम गरिने जानकारी दिए ।
बैठकमा माओवादी लडाकुहरुको समूहगत विभाजन मंसिर मसान्तसम्म पूरा गरिसक्ने निर्णय समेत गरिएको छ । यसअघि राजनीतिक दलहरुबीच म्याथ थपबारे सहमति जुट्न सकेको थिएन् । माओवादीले ६ महिना थप्नु पर्ने बताउँदै आएको थियो भने प्रतिपक्षीदलहरु कांग्रेस र एमालेले तीन महिना थप्नु पर्ने बताउँदै आएका थिए ।