काठमाडौं, १४ मंसिर प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा राजनीतिक दलहरुका नेताहरुको टोली आज माओवादी लडाकुहरुको शिविर निरीक्षणका लागि गएको छ ।
नेपाली सेनाको हेलीकप्टरबाट बिहान साढे ७ बजेपछि प्रधानमन्त्रीसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लडाकु रेखदेख पुनर्स्थापना तथा समायोजन विशेष समितिका सदस्यहरु शिविर निरीक्षणका लागि गएका हुन् ।
टोलीले दोस्रो, पाँचौ लगायतका डिभिजनहरुको निरीक्षण गर्नेछ । शिविर निरीक्षणका क्रममा केही माओवादी लडाकुहरुमा देखिएको असन्तुष्टि, स्वेच्छिक अवकाश जानेहरुलाई दिने रकम लगायतका विषयमा प्रष्ट पार्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको दलहरुको टोली कैलालीको तालबन्द, रोल्पाको दहबन चितवनको शक्तिखोर लगायतका शिविरमा जाने कार्यक्रम रहेको छ । अधिकांश शिविरमा माओवादी लडाकुको पुनर्वर्गिकरण सकिएको छ, भने कैलाली र सुर्खेतमा पनि सकिने क्रममा रहेको छ ।