लडाकु वर्गीकरण सकियो

काठमाडौ, मंसिर १६ ( समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाश रोज्ने माओवादी लडाकुको वर्गीकरण प्रक्रिया सम्पन्न भएको छ । लडाकुका ६ मुख्य शिविरमा मंगलबार नै वर्गीकरण सकिएको थियो भने कैलालीको तालबन्दस्थित सातौं शिविरमा बिहीबार साँझ वर्गीकरण सकिएको त्यहाँस्थित सर्भेक्षण टोलीका प्रमुख विशेष समिति मातहतको सचिवालय सदस्य गोपालसिंह बोहराले जानकारी दिए ।
ुवर्गीकरणको काम सम्पन्न भयो, अब परिचयपत्र छपाइको काममात्र बाँकी छ,ु उनले भने । वर्गीकरण प्रक्रियामा जम्मा १६ हजार ९ सय ३१ लडाकु सहभागी भएको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिए । अनमिनबाट प्रमाणित लडाकुको संख्या १९ हजार ६ सय २ थियो । यस हिसाबले २ हजार ६ सय ७१ लडाकु वर्गीकरण प्रक्रियामा अनुपस्थित रहे ।
सचिवालय सदस्य दीपकप्रकाश भट्टका अनुसार लडाकुको व्यक्तिगत विवरण भर्ने क्रममा इन्टरनेट सुस्त हुँदा कतिपय लडाकुको दुईपटकसम्म दर्ता भएको हुनसक्छ । ुदर्ता सेभ गर्ने क्रममा इन्टरनेट सुस्त हुँदा भएन कि भनेर फेरि सेभ गर्ने गरिएको छ,ु उनले भने, ुयसो गर्दा एउटै व्यक्तिको दुईपटक दर्ता हुन जान्छ । सबै शिविरमा यस्तो दोहोरो दर्ता ३०र४० को हाराहारीमा देखिएको छ । काठमाडौं फर्केर दोहोरो दर्ताको घटाएपछिमात्रै वास्तविक विवरण आउँछ ।ु
सचिवालय संयोजक शर्माले पनि दोहोरो दर्ताका कारण कतिपय लडाकुको दुई(दुईवटा परिचयपत्र प्रिन्ट हुने गरेको बताए । त्यसबाहेक पायक पर्ने जुनसुकै शिविरमा वर्गीकरण हुन पाउने भएकाले कतिपयको गणना दुवै स्थानमा गरिएकाले पनि संख्या बढेको हुनसक्ने शर्माले जनाए । ुचितवनमा दर्ता लडाकु रोल्पामा गएर वर्गीकरणमा सहभागी भएको हुनसक्छ । त्यसको विवरण चितवनकै अभिलेखमा हुन्छ,ु उनले भने, ुतर रोल्पाबाट दिइने विवरणमा यहाँ दर्ता भएको जोडिँदा संख्या बढ्न गएको छ ।ु सबै टोली फर्केपछि विवरणलाई पुनः जाँचीने सचिवालयको तयारी छ । स्रोतका अनुसार पुनः जाँच गर्दा करिब तीन हजारको हाराहारीमा लडाकु अनुपस्थित देखिने अनुमान गरिएको छ ।