काठमाडौँ, मंसिर १८ संवैधानिक समितिको आजको बैठकले आगामी छ महिनाभित्र संविधान जारी गर्ने गरी विवाद समाधान उपसमितिले बनाएको कार्यतालिका सामान्य संशोधनसहित पारित गरेको छ। केही परिमार्जनसहित त्यसलाई पारित गरेर संविधानसभामा पठाउन निर्णय गरेको उपसमिति अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए।
बैठकपछि एनेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले विवाद समाधान उपसिमितिले आगामी छ महिनाभित्र संविधान जारी गर्ने गरी सुझावसहित बनाएको कार्यतालिकामाथि गम्भीर छलफल भएको उनले बताए।
ूगम्भीर मुद्दामा केही पनि संशोधन भएको छैन, मूल भावना पारित भएको छ केही शब्द मिलाइएको छू( अध्यक्ष दाहालले भने।
उनले केही विषयमा अन्तिममा संविधान निर्माण गरेर घोषणा गर्ने प्रक्रियाभित्र अन्तिममा पनि सहमति कायम गर्ने कोसिस गर्ने भन्नेजस्ता शब्द मिलाइएको जानकारी दिए।
एक प्रश्नको जवाफमा उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रमुख दलहरुबीच आजै छलफल हुने बताए।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विवाद समाधान उपसमितिद्वारा तयार गरिएको कार्यतालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरी कार्यान्वयनका लागि संविधानसभामा पठाउने निर्णय बैठकले गरेको बताए।
अबको छ महिनामा संविधान गर्ने गरी काम गर्न तीव्रता, सक्रियता र गम्भीरताको साथै राजनीतिक वातावरण बनाएर काम अघि बढाउनुपर्ने संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले बताए।
उनले कामहरु क्रमसँगै सक्दै जानुपर्ने बताउँदै अब बस्ने संविधानसभाको बैठकले कार्यतालिका पारित गर्ने विश्वास व्यक्त गरे।(