प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वेलायती राजदुत जोन टक्नटबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको भेटमा शान्ति प्रक्रिया र संविधान लेखनबारे छलफल भएको थियो ।
भेटमा द्विपक्षीय हित तथा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनबारे छलफल भएको राजदुत टक्नटले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री डाक्टर भट्टराइले शान्ति प्रक्रियालाई निचोडमा पु-याउन पछिल्लो समयमा सकारात्मक काम भएकाले आगामी केही महिनामै शान्ति प्रक्रिया निस्कर्षमा पुग्ने जानकारी गराउनुभएको थियो ।
भेटमा राजदूतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको म्याद थप लगायतका विषयमा चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले उच्चायुक्तको म्याद थपका विषयमा दलहरुका बीचमा छलफल भइरहेकाले केही दिनमै निस्कर्षमा पुग्ने जानकारी गराउनुभयो । राजदूत टक्नटले नेपालको शान्ति र संविधान लेखन प्रक्रियामा वेलायत सरकारको सहयोग निरन्तर जारी रहने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो ।