चितवन, मंसिर २० भरतपुर कारागारमा कैदीबीच आज बिहानै झडप भएको छ। झडपमा चारजना घाइको भएका छन्। घाइते हुनेमा युवा संघका संजय लामा हत्या आरोपमा पक्राउ परी थुनामा रहेको तरुण दल अध्यक्ष शिव पौडेल,कानुन व्यवसायी कमल पाठकलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका प्रदीप भट्ट, कैदी हरिबहादुर गुरुङ, गोपी परियार रहेका छन्।
बिहानै आन्तरिक विवादमा कारण भएको झडपमा एकअर्कामाथि जाइलागेका उनीहरु सबैको टाउकामा बढी चोट लागेको छ। चारै जनाको प्रहरी निगरानीमा मेडिकल कलेज भरतपुरमा उपचार भैहरहेको छ।
वास्तविक झडप हुनुको कारणबारे अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ।