चिनियाँ राजदूत र प्रधानमन्त्री भट्टराईबीच भेट

काठमाडौं, २९ मंसिर नेपालका लागि चिनियाँ राजदूत योङ होउलानले आज बिहान प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई भेटी चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण स्थगित गर्नु परेको कारणबारे जानकारी गराएका छन् ।
चीनको आर्थिक वर्ष अन्त्य हुने बेला भएकाले प्रधानमन्त्री वेनको भ्रमण केही पर सरेको उनले प्रधानमन्त्रीलाई जानकारी दिए ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै आधा घण्टासम्म चलेको छलफलमा चिनियाँ प्रधानमन्त्रीको नयाँ भ्रमण तालिकाबारे पनि छलफल भएको बुझिएको छ ।
 
चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित भएपछि विपक्षी दल तथा संचारमाध्यमहरुले विभिन्न अड्कालबाजी मारिरहेको बेला राजदूत होउलानले चीनको आन्तरिक कारणले भ्रमण स्थगित भएको जानकारी दिएका हुन् ।