कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई मातृशोक

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई मातृशोक परेको छ ।

 

पौडेलकी आमा ९१ बर्र्षीय ऋषिमाया पौडेलको आज बिहान चितवनमा निधन भएको हो । पौडेलकी आमा चितवनको माधबपुर गाबिसमा बस्दै आउनु भएको थियो ।

 

उहांका पांच छोरा र चार छोरी हुनुहुन्छ । कांग्रेस उपसभापति पौडेल तेह्रै दिन चितवनमै किरिया बस्नु हुनेछ । पौडेल जेष्ठ छोरा हुनुहुन्छ । उहां आमाको अन्त्येष्टीका लागि आजै चितवन जानु भएको छ ।