राष्ट्रिय जनमोर्चाद्धारा साढे तीन महिने देशव्यापी आन्दोलन घोषणा

बुटवल – राष्ट्रिय जनमोर्चाले थपिएको ६ महिनाभित्र संविधान निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको चुनावको लागि दबाब दिन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सोमबार बुटवलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले देशव्यापी आन्दोलन गर्ने निर्णय गर्दै पुस १५ देखि चैत २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। घोषित कार्यक्रमअनुसार पुस १५ देखि माघ १५ सम्म आन्दोलनको तयारी र प्रचार प्रसार, माघ १९ देखि २९ सम्म वाल पेन्टिङ, माघ १८ गते देशव्यापी विरोध सभा र जुलुस, फागुन ५ गते ‘काठमाडौं जाऔं’ कार्यक्रम सहित काठमाडौंमा बृहद् जनप्रदर्शन गरिनेछ।


त्यस्तै फागुन १५ देखि चैत २९ गतेसम्म क्षेत्रीय बन्दका कार्यक्रम गर्ने घोषणा राष्ट्रिय जनमोर्चाले गरेको छ। जसअन्तर्गत राप्ती-लुम्विनीमा फागुन १५ गते, गण्डकी-धौलागिरीमा फागुन २१ गते, सेती-महाकालीमा फागुन २६ गते, मेची-कोशीमा चैत २ गते, नारायणीमा चैत १० गते, भेरी-कर्णालीमा चैत १५ गते, सगरमाथा-जनकपुरमा चैत १९ गते र काठमाडौं उपत्यकामा चैत २७ गते बन्दको घोषणा गरिएको छ।


राष्ट्रिय जनमोर्चाले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेको हो। आन्दोलनलाई प्रभावकारी बनाउन पार्टीका अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ।


पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष चित्रबहादुर के.सीले थपिएको अवधिभित्र संविधान बन्न नसके गणतन्त्र खतरामा पर्ने तथा संघीयता लागु भएमा जातीय र क्षेत्रीय बिग्रहले व्यापक रुप लिने दावी गरे। संघीयतामा नजाँदै राष्ट्रिय पार्टीहरुमा समेत विभाजन ल्याएको चर्चा गर्दै अध्यक्ष केसीले संघीयता मुलुकका लागि घातक हुने बताए। स्थानीय निकाय मुख्य दलहरुको अंशबण्डाको अखडा बनेको दावी गर्दै उनले स्थानीय निकायको निर्वाचन छिटो गर्न माग गरे।

 

(२०६८ साल पौष ४ गते बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष का. चित्रबहादुर के.सी.द्धारा प्रस्तुत)

वक्तव्य

 

आदरणीय पत्रकार मित्रहरु,
सर्वप्रथम राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको तर्फबाट हामीले यो पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकार र सहयोगी मित्रहरुलाई अभिनन्दन गर्न चाहन्छौं ।
तपाईंहरुलाई यो बताउँदा हामीलाई खुसी लागेको छ कि राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक आज पौष ४ गते सम्पन्न भयो । त्यो बैठकले देशको वर्तमान राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक विचार गर्दै संघर्षका आगामी कार्यक्रमहरु पनि निश्चित गरेको छ ।
बैठकले देशको मुख्य तीनवटा समस्याहरुबारे विचार ग