वैद्यको प्रस्ताव सरकारबाट फिर्ता आऊ

काठमाडौं, पुस १३ एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टी अन्तर्विरोध महाधिवेशनले एक्लै समाधान गर्न नसक्ने बताएका छन्। उनले सरकारबाट पार्टी प्रतिनिधि फिर्ता बोलाएर सदनको मोर्चालाई प्रभावकारी ढंगले सञ्चालन गरी सडकको मोर्चालाई समेत प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेका छन्।

  केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले राखेको राजनीतिक प्रस्तावको प्रत्युत्तरमा वैद्यले मंगलबार ुआत्मालोचना नगरी र गल्ती, कमी तथा कमजोरी सच्याउँदै रुपान्तरणको दिशामा नगई विश्वासको वातावरण बनाउन गाह्रो पर्नेु उल्लेख गरेका छन्।

ुत्यसो नगरी महाधिवेनले समस्या समाधान गर्न सक्दैन,ु वैद्यद्वारा प्रस्तावित प्रतिवेदनमा उल्लेख छ। पार्टीभित्र अन्तर्विरोध चर्कंदै गएपछि लामो समयपछि सुरु भएको केन्द्रीय समिति बैठकमा वैद्यले ुजनविद्रोहुमा जाने प्रस्ताव राखेका छन्। ुजनविद्रोहु शान्ति र संविधान नटुंगिदै हुनुपर्ने अडान लिएकाले महाधिवेशनको औचित्य नहुने निष्कर्ष वैद्यले निकालेको स्रोतले बतायो।

पार्टीको मूल कार्यनीति जनताको संघीय गणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीविकाका आधारभूत समस्या समाधानका लागि जनविद्रोहको तयारी रहेको वैद्यले जिकिर गरेका छन्।

ुअध्यक्षको प्रतिवेदनमा पटकपटकको सचेत प्रयत्नका बाबजुद तत्काल जनविद्रोह सफल हुन नसकेको उल्लेख गरिएको छ, परन्तु त्यो साँचो होइन, भन्ने कुरा मात्र हो, यथार्थमा उहाँ त्यो दिशामा लाग्नुभएकै थिएन,ु वैद्यको प्रस्तावमा छ।

दाहालले पुरातन शक्ति मरिरहेको यथार्थ बंग्याएर सिंगो पार्टी मरिरहेको बताएको आरोप वैद्यले लगाए। ुआजको यथार्थ के हो भने पुरानो पार्टी मरिरहेको र नयाँ पार्टी जन्मिरहेको छ,ु प्रस्तावमा छ।

अध्यक्ष दाहालको राजनीतिक प्रस्ताव सारसंग्रहवादी शैलीमा आधारित तथा दक्षिणपन्थी अवसरवाद उन्मुख बनेको वैद्यले टिप्पणी गरेका छन्। दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने वैद्यको प्रस्ताव उल्टै सारसंग्रहवादी भएको टिप्पणी गरे।
ुशान्ति र संविधानको कुरा पनि छ, जनविद्रोहको कुरा पनि, के गर्ने भन्ने स्पष्ट छैन, यसको सारतत्व सारसंग्रह र खिचडी जस्तो छ,ु उनले भने।

ुशान्तिको अर्थ जनमुक्ति सेनाको निशस्त्रीकरण, आत्मसमर्पण एवम् जनवादी क्रान्तिको अन्त्य, संविधानको अर्थ संसदवादी संविधानको निर्माण र सरकारको अर्थ पुरानो राज्यमसिनरीको दासत्वको स्वीकृतिका रुपमा ग्रहण गर्नु हो,ु दाहालले गरेको सम्झौताको विरोधमा वैद्यले भनेका छन्।

दाहालले संविधानसभा तथा लोकतान्त्रिक गणतन्त्रलाई रणनीति बनाएर नयाँ जनवादी क्रान्ति र जनविद्रोहलाई तिलाञ्जली दिएको वैद्यको प्रस्तावमा छ।

पार्टीमा चल्ने दुई लाइन संघर्ष अभिजात वर्ग र निम्न वर्गको संघर्षका रूपमा परिणत हुँदै गएको प्रतिवेदनमा छ। ुक्रान्तिकारी धाराको पराजय र अवसरवादी धाराको विजय हुँदै गइरहेको छ। अब पार्टीलाई दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादको दिशातिर तीव्र बेगमा हुत्याइँदै छ,ु वैद्यको प्रस्तावमा छ।

पछिल्लो समय संघर्षको कुनै कार्यक्रम नदिएर सडक रित्तो बनेको प्रस्तावमा छ। ुसदन अर्थात् संविधान सभामा संविधान निर्माणमा सम्बन्धित कैयौं कमरेडले यथेष्ट भूमिका निर्वाह गर्दै आए पनि स्वयम् मूल नेतृत्वबाटै जनताको पक्षमा खेल्नुपर्ने भूमिका पटक्कै निर्वाह गर्न सकिएको छैन, बरु उल्टै जाने काम भएको छ,ु वैद्यले भनेका छन्।
म्याद थपबारे सर्वोच्चको फैसला