काठमाडौ – माओवादीका सचिव सीपी गजुरेललाई मातृशोक परेको छ । गजुरेलकी आमा टेककुमारी गजुरेललको ८७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।
उनी मुटु रोगबाट पीडित थिए । उनको शनिबार पशुपती आर्यघाटमा अन्त्यष्टि गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धान्जलि अर्पण गरेका थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई,उपाध्यक्ष मोहन वैद्य लगायतका नेताहरु श्रद्धान्जलि व्यक्त गर्न पुगेका थिए । सचिव गजुरेललाई परेको मातृशोकका कारण शनिबार बस्ने भनिएको माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।



