सरकारले चाहेमा आधा लोडसेडिङ कम गर्न सकिन्छ स् पूर्व उर्जामन्त्री विष्ट

दाङ, पुस १७ केन्द्रीय सदस्य तथा पूर्व उर्जामन्त्री गोकर्ण विष्टले सरकारले चाहेमा अहिले हुँदैआएको लोडसेडिङ आधा हटाउन सकिने बताएका छन्।
दाङबाट प्रकाशन हुँदैआएको गणतन्त्र राष्ट्रिय दैनिकको पाँचौँ वार्षिकोत्सव समारोहलाई घोराहीमा शनिबार सम्बोधन गदै पूर्व ऊर्जामन्त्री विष्टले बढ्दो विद्युत् चुहाउट रोक्न र ठूला उद्योगसँग भएका डिजल प्लान्टको सदुपयोग गर्नसकेमा अहिलेको लोडसेडिङ आधा घटाउन सकिने धारणा राखे।

देशमा भइरहेको विद्युत् चुहावटलाई १० प्रतिशतमात्र रोक्न सके देशभर हाल हुँदैआएको लोडसेडिङ तीन घन्टा कम गर्न सकिने र सात दिनभित्र १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने दाबी पनि गरे।

ुऊर्जा सङ्कट निराकरणका लागि मैले सरकारलाई ९१ पृष्ठ प्रतिवेदन बुझाएँ, तर पनि सरकार गम्भीर भएनु, उने भने।