फरार सभासदद्वारा तलव भत्ता माग

काठमाडौ, पुस २० कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा फरार रहेका सभासद नारदमुनी रानाले तलब भत्ताको माग गर्दै संसद सचिबालयमा मञ्जुनामा सहित अर्को ब्यक्तिलाई पठाएका छन् । उनले कैलाली गेटा घर भई काठमाडौं बस्ने लिलाधर सापकोटाका छोरा जयराम सापकोटालाई मसिंर २६ गते मञ्जुरीनामा दिएका छन् ।

रानाको मञ्जुरीनामा लिएर पारिश्रामिक लिन पुरीगेका सापकोटालाई संसद सचिबालयले ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने भन्दै फिर्ता गरिदिएको छ ।