प्रेमनारायण आचार्य
अर्घाखाँची २४ पौस । नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुननर सिहं केसीले माओबादी शान्ती प्रकृया र संबिधान निर्माणको बाधक रहेको बताउनु भएको छ । उहाले माओबादीले सधैभर सम्झौता गर्ने तर ब्यबहारमा नउतारेका कारण देशले निकास पाउन नसकेको बताउदै माओबादी संग हतियार र सेना राखेर कहिले पनि संबिधान नबन्ने जिकिर गर्नु भयो ।
नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा आज बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले सरकार ढलाउने पक्षमा काग्रेस नभई शान्ती प्रकृया निस्कर्षमा पुरोउने पक्षमा काग्रेस रहेको बताउनु भएको छ ।
उहाले राष्ट्रपतिय शासन प्रणाली आफैमा लोकतान्त्रीक भए पनि नेपालको सन्दर्भमा राष्ट्रपतिय शासन प्रणाली अनुकुल नहुने बताउदै त्यसले निरंकुसता जन्माउने भएकाले काग्रेसले यसको बिरोध गरेको बताउनु भयो ।
काग्रेसको नेतृत्वमा सरकार बने काग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेलनै बिधान बमोजिम सरकारमा पठाउने बताउदै माओबादीले जग्गा फिर्ता गर्ने कुरा नउठाएकाले काग्रेसले जग्गा फिर्ता शान्ती र लोकतान्त्रिक संबिधानलाई पहिलो प्राथमिकतामा राखेको नेता केसीको भनाई छ ।
उहाले राजनितिक दलहरुले ब्यक्तिगत स्वार्थ र राजनितिक स्वार्थ त्यागेर जनतालाई जनमुखी लोकतान्त्रिक संबिधान दिनु पर्ने बताउदै पाटीलाई एक जुट बनाएर अगाडी बढाउन आग्रह गर्दै पाटीलाई शसक्त रुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो ।
पत्रकार सम्मेलन प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसालको अध्यक्षता केन्द्यि पास्रद प्रेमनारायण आचार्यको संचालन र कोषाध्यक्ष असोक पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.