पार्टीभित्र भ्रष्टाचार र विकृति मौलायो: माओवादी नारायणकाजी श्रेष्ठ
पौष २५ गते, २०६८ मा प्रकाशित
– रासस
काठमाडौं – माओवादी उपाध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र भ्रष्टाचार र विकृति मौलाएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा कम्युनिष्ट नेता जय गोविन्द साहको २२ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठले अहिलेकै अवस्था लामो समयसम्म रहने हो भने माओवादी पार्टी संशोधनवादी पार्टीमा परिणत हुने बताए ।