पार्टी फुट्नै लागेको भन्ने चर्चाहरु चिर्दै माओवादी भित्र चलेको लामो विवादमा अल्पविराम

– पार्टी फुट्नै लागेको भन्ने चर्चाहरु चिर्दै माओवादीले आफुभित्र चलेको लामो विवादमा अल्पविराम लगाउन लागेको सो पार्टीका एकजना वरिष्ठ नेताले जनाएका छन्।

 

अध्यक्ष प्रचण्डसंग भएका वार्ताहरुपछि आफुहरु सहमतिको निकै नजिक पुगेको माओवादी उपाध्यक्ष मोहन वैद्यले जनाएका छन्।

सिद्धान्त र विचारसंग सम्बन्धित आफ्ना तमाम मतभेदलाई थाती राख्दै पार्टीका कार्यक्रमहरुमा एकता गर्ने प्रयास अन्तिम चरणमा पुगेको उनको भनाइ छ।


केन्द्रिय समितिको बैठक समेत रोकेर अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यबीच केही दिन यता बाक्लै छलफलहरु भएका थिए।


अब त्यसको परिणाम मंगलबारसम्ममा निस्कन सक्ने नेताहरुले बताएका छन्।


दुबै नेताले जारी केन्द्रिय समितिमा पेश गरेका आ आफ्ना प्रस्ताव कायमै राख्दै पूरै पार्टीलाई कार्यक्रमहरुको एकतामा जोडने सहमति बन्न लागेको उपाध्यक्ष वैद्यको भनाई छ।