माओवादी बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न एक मत

– कमलदेव भट्टराई

 

काठमाडौं  –  माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई पक्षका पोलिटब्यूरो सदस्यहरु यही सरकारलाई राष्ट्रिय स्वरुप दिने कुरामा एक मत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दाहालसहित बसेको बैठकले भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने कुरामा एक मत भएका हुन् ।

‘प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने पार्टीको धारणा रहेको छ’ नेता अग्नी सापकोटाले बैठकपछि संवाददाताहरुलाई भने ।

सापकोटाका अनुसार बैठकमा शान्ति र संविधानको लागि जनपरिचालन गर्ने, प्रशिक्षणलाई तिब्र पार्ने र प्रधानमन्त्री नफेर्ने कुरा बैठकमा भयो ।

बैठक सोमबार अध्यक्ष दाहाल निवासमा भएको पदाधिकारी बैठकले हालका लागि एकै दस्तावेज बनाउने र आ