
टुत्रै टुक्रामा विभाजित मुलुकलाई एउटै मालामा उनेर सिंगो राष्ट्र बनाउने महानायकलाई राष्ट्रले विर्सिएको भन्दै पूर्वमन्त्री एवं सरोकारवालाहरुले सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् ।
२९० औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्वमन्त्रीहरु दुर्गा पोखरेल, दीनबन्धु अर्याल तथा कांग्रेस नेता देवेन्द्रलाल नेपाली लगायतले एउटा सार्वभौम र सिंगो राष्ट्र निर्माण गर्ने महानायक विरुद्ध राज्यले नै विद्वय फैलाउने काम गरिहेको आरोप लगाए । उनीहरुले पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेलाई राष्ट्रिय दिवसको मान्यत दिन समेत माग गरे ।
पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएकोमा २०६३ सालको आन्दोलनपछि गठीत गिरिजाप्रसाद कोइरालाको सरकारले राष्ट्रिय एकता दिवसलाई खारेज गरेको थियो । तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले उक्त निर्णय गराएका थिए ।