त्रिभूवको शालिक नहटाउन सर्वोच्चको आदेश

काठमाडौ, पुस २७ सर्वोच्च अदालतले सहिद गेटबाट त्रिभुवनको सालिक नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चकी न्यायाधीश सुशीला कार्कीको इजलासले मंगलबार सहिद गेटबाट त्रिभुवनको सालिक हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी हुन् ।

मन्त्रिपरिषदको दुई साताअघि बसेको बैठकले सहिद गेटबाट त्रिभुवनको सालिक हटाई नारायणहिटी दरबास्थत संग्रहालयमा सुक्षत राख्ने निर्णय गरेको थियो । सहिद गेटमा राखिएका वीर सपुतहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फाँसी दिने तत्कालीन राणा शासकको निर्णयको सदनपत्रमा राजाको हैसियतमा हस्ताक्षर गरी अन्तिम स्वीकृत दिने त्रिभुवनको सालिक राख्नु उपयुक्त नहुने भनी मन्त्रिपरिषद्ले हटाउने निर्णय गरेको थियो ।