अध्यक्ष प्रचण्ड निकट नेताहरुले बैद्य समूह यही सरकारमा सामेल हुने ठोकुवा गरिरहेका बेला उक्त खेमाले आफ्नो अडान दोहर्याएको हो।
पार्टी सचिव तथा वैद्यपक्षीय एकजना नेता सीपी गजुरेलले बीबीसीसँग भने, “सरकारको आयु जति-जति लम्बिन्छ, पार्टीको छविमा त्यति नै धक्का लाग्ने र उसका अधिकांश निर्णय उल्टिने वा लागू नभइरहेको अवस्थामा प्रधानमन्त्रीले बाटो खुला गरी दिनुपर्छ।”
तर गजुरेलले भने, “चार बुँदे सहमतिबाट बनेको यो सरकारमा सहभागि हुने कुरै हुन्न। यसले राष्ट्रिय सहमतिको स्वरुप लिन पनि सक्दैन।”
पछिल्ला दिनका छलफलमा आफूहरुले प्रचण्डलाई प्रधानमन्त्रीलाई राजीनामा गराउन आग्रह गरेको उनले जनाए।
प्रचण्डको प्रतिकृयाबारे उनले भने, “बाबुरामजीले आफै राजीनामा गरे त सजिलो हुने थियो, तपाईंहरुले पनि कुरा राखि रहनु भएको छ, त्यसबारे म पनि कुरा राख्छु भन्नु भएको छ।”
गजुरेलका अनुसार आउँदो केन्द्रिय समिति बैठकमा एकता प्रस्तावमा सहमति भए पनि प्रचण्डले यही सरकार टिकाउने कुरा राखेमा वैद्य खेमाले त्यसप्रति असहमति कायमै राख्नेछ।
पार्टीको एउटा खेमा सरकारमा जाने र अर्को विपक्षी सरह बाहिरै रहेमा पार्टी फुटको सम्भावना वा सरकारमाथिको संकट कायम रहने कतिपयको विश्लेषण छ।



