भक्तपुर – अदालत तोडफोडमा संलग्न चिनिया नागरिकहरु विना कारबाही बिहीबार छुट्ने भएका छन् । अबैध रुपमा डलर कारोबार गरेको अभियोगमा धरौटी लिएपनि अदालत तोडफोडमा भने उनीहरुलाई कारबाही भएको छैन ।
१० जना चिनियालाई राजश्व अनुसन्धान विभागले धरौटी लिएर तारेखमा छाड्न लागेको हो । प्रहरीले शनिबार काठमाडौबाट तातोपानी नाका हुदै चीन जान लागेका उनीहरूको साथबाट ९७ हजार २ सय २३ र उनीहरु सवार गाडीको सिटमुनी १ हजार २ सय डलर बरामद गरेको थियो । प्रहरीले उनीहरुलाई पक्राउ गरी राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । विभागले बुधबार उनीहरुलाई एकमुष्ट ९९ लाख ७५ हजार धरौटी मागेको हो । माग धरौटी बुझाएपछि उनीहरू बिहीबार छुटने पक्का भएको हो । ुजसको जति रकम हो, त्यति धरौटी मागेका थियौ, उनीहरुले बुझाएपछि तारेखमा छाडने भएका छौ,ु विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले भने । त्यस्तै तीन जना चालक (नेपाली० लाई भने साधारण तारेखमा छाडने निर्णय भएको उनले बताए ।
विभागले अनुसन्धानका लागि अदालतमा सोमबार म्याद थपेपछि उनीहरुले श्रेष्तेदारको कार्यकक्ष तोडफोड गरेका थिए । म्याद थप गर्न लगेकाले नै तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्नलाई अहिले अदालतले अपहेलना मुद्धा चलाउने तयारी गरिरहेको छ ।
तोडफोडमा दशमध्येको एकजना संलग्न रहेको र उनलाई मात्रै अपहेलना मुद्धा चलाउने तयारीमा रहेको अदालतका एक अधिकारीले बताए । ुयसबारे राजश्व अनुसन्धान विभागमा बिहीबार पत्र पठाउछौ,ु अदालत स्रोतले भन्यो । आफूमाथि अपहेलना भए अदालतले नै मुद्धा चलाउन सक्छ । अदालतको अपहेलना गरे हजार जरिवाना, एक महिना कैद वा दुबै हुनसक्ने न्याय प्रशासन ऐनमा उल्लेख छ ।
चिनिया दुतावासले दुई नागरिक बुझाएन
चिनिया दुतावासले हाजिरी जमानीमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट बुझेर लगेका दुई चिनिया नागरिकलाई अझै बुझाएको छैन । अदालतमा ढुङगा हान्ने क्रममा ३० बषिर्य हयुङ गाङयोङ र ४० बषिर्या हुआङ युफेनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो ।
राजश्व अनुसन्धान विभागले डलर कारोबार अभियोगमा पक्राउ गरी अनुसन्धानका लागि म्याद थप्न लगेका १० जनालाई भगाउन उनीहरु अदालत पुगेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
दुबै जनालाई मंगलबार १० बजे उपस्थित गराउने सर्तमा भक्तपुर प्रहरीले चिनिया दुतावासकाका कन्सुलर शाखाका प्रमुख काउ चाउमक्मुको जिम्मा लगाएको थियो । प्रहरीले उनीहरुलाई सोमबार साझ ८ बजेर ५० मिनेटमा छाडेको थियो ।



