राजनीतिक भागबण्डा झल्कने खालले सर्वोच्चका लागि न्यायाधीश सिफारिस गरेको भन्दै बार एसोसियसनको कडा आलोचना

नेपाल बार एसोसियसनले राजनीतिक भागबण्डा झल्कने खालले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको भन्दै त्यसको कडा आलोचना गरिएको छ।

 

नेपाल बार एसोसियसनले सर्वोच्च अदालतको न्यायाधीशका लागि गरेको सिफारिसको केही पूर्व प्रधानन्यायाधीशहरुले कडा आलोचना गरेका छन्।

न्यायापरिषद्को माग बमोजिम बारले गरेको सिफारिसबारे विभिन्न पक्षबाट विरोध भइरहेका बेला कतिपय पूर्व प्रधानन्यायाधीशहरुले उक्त कदम प्रति असन्तुष्टि जनाएका हुन्।


पारदर्शी मापदण्ड बनाएर मात्र न्यायाधीश नियुक्त हुनु पर्ने र राजनीतिक भागबन्डाको आधारमा न्यायाधीश छनौट गर्न नहुने उनीहरुको सुझाव थियो।


न्यायपरिषद्ले कानून संकाय र बारसँग न्यायाधीशका लागि सम्भावित योग्य उम्मेदवारहरुको नाम मागेकोमा बारले १५ जना र कानून संकायले ५ जनाको नाम सिफारिस गरिसकेका छन् । बारले सिफारिस गरेका नाम हेर्दा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा र मधेशी समुदायबीच भागबन्डा गरेको देखिन्छ।


बारको सिफारिसमा परेका कतिपयले प्रमुख पार्टीका कानूनी सल्लाहकार मात्र नभइ दलीय जिम्मेवारी समेत सम्हालीरहेका छन्।

 

न्यायाधीश जस्तो सधै निष्पक्ष र स्वतन्त्र हुनुपर्ने व्यक्तिको छनौट राजनीतिक आस्थाको आधारमा हुन नहुने पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले बताए।

उनले भने,