माओवादी द्वन्द्वकालमा गरेको घरजग्गा सम्बन्धी निर्णयलाई अनुमोदन गरेको भन्दै प्रतिपक्षी दलहरुद्धारा सरकारको चर्को विरोध

सशस्त्र द्वन्द्वकालमा माओवादीले गरेको घरजग्गा सम्बन्धी निर्णयलाई सरकारले अनुमोदन गरेको भन्दै प्रतिपक्षी दलहरु सरकारविरुद्ध खनिएका छन्।

 

सशस्त्र विद्रोह कालमा माओवादीले गरेको घर जग्गा किनबेच, अंशवण्डा जस्ता कार्यहरुलाई सरकारले मान्यता दिन लागेको भन्ने खबरहरु बाहिर आएपछि, दुई ठुला प्रतिपक्षी दलहरुले सरकारको चर्को विरोध गरेका छन्।

मन्त्रिपरिषदले केहि दिन अघि गरेको बताइएको सो निर्णय तत्काल फिर्ता नलिए, शान्ति र संविधान निर्माण कार्य नै प्रभावित हुने चेतावनी उनीहरुले दिएका छन्।


सोही विषयलाई लिएर दुई ठुला प्रतिपक्षी दलहरुले संसद र प्रमुख दलहरुको वैठक नै अवरुद्ध गरिदिए।


मंगलबार संसदको वैठक शुरु हुने वितिक्कै नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल घर जग्गाबारेको मन्त्रिपरिषदको निर्णयको प्रसंङ्ग कोट्याउँदै माओवादी विरुद्ध खनिए।

 

उनले भने,