माघ ४ ( राप्रपा नेपालले स्थानीय निकायको निर्वाचनको माग गर्दै आन्दोलन गर्ने भएको छ । गण्डकी र धौलागिरी अंचलस्तरीय सम्मेलनपछि बुधबार विहान अध्यक्ष कमल थापाले आन्दोलनको निर्णय सार्वजनिक गर्दै आन्दोलन गर्ने जनाएका हुन ।
थापाका अनुसार आगामी फागुन ५ गतेदेखि ११ गतेसम्म स्थानीय निकायको निर्वाचनको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम तय गरिएका छन । त्यसअन्तर्गत ७५ वटै जिविस, नगरपालिका तथा सबै गाविसमार्फत निर्वाचनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने, फागुन ९ गते जिविस र नगरपालिका घेराऊ तथा फागुन ११ गते सम्पुर्ण गाविस कार्यालयमा तालाबन्दी गर्ने निर्णय राप्रपा नेपालले गरेको छ ।



