बनेपा – सरकारी तथा पार्टीको प्रतिवेदन तयार गर्न प्रधानमन्त्री बाबुराम भट्टराई अहिले धुलिखेलको रिसोर्टमा छन्।
हिजै आएका प्रधानमन्त्री भट्टराईले आज दिनभर पनि धुलिखेलमा नै बिताउने र बिहीबारमात्रै काठमाडौँ फर्कने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए।
उनी यहाँको हाइ भ्यु रिसोर्टमा बसेका छन् र कसैलाई पनि प्रवेश दिइएको छैन। रासस



